जेठ २६, २०८३ मंगलबार June 9, 2026

हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित

इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता मध्यपूर्वमा द्वन्द्व चर्किँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दुबई, २६ जेठ । हर्मुज जलघाँटी नजिकै अमेरिकी सेनाको अपाचे लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि त्यसमा रहेका दुई पाइलट सुरक्षित रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । मध्यपूर्वमा बढ्दो तनावबीच भएको यो दुर्घटनाको कारण भने अझै स्पष्ट भएको छैन ।

मङ्गलबार बिहान भएको उक्त दुर्घटना इरान–इजरायलबीचको पछिल्लो तनावपछि उत्पन्न संवेदनशील परिस्थितिबीच भएको हो । इरान र इजरायलबीच अघिल्लो दिन मात्र भएको गोलीबारीले क्षेत्रीय सुरक्षा अवस्था थप अस्थिर बनाएको थियो । इरानको राज्य सञ्चारमाध्यमले पनि दुर्घटनाको पुष्टि गरेको भए पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

यसअघि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता मध्यपूर्वमा द्वन्द्व चर्किँदै गएको छ । त्यसयता विश्व ऊर्जा आपूर्ति प्रभावित भएको, तेल तथा खाद्य वस्तुको मूल्य बढेको र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता फैलिएको बताइन्छ । यद्यपि पछिल्ला महिनामा घोषित युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न भने सफल हुन सकेको छैन ।

घटना भएको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एनबीए फाइनल हेरेपछि सञ्चारकर्मीसँग कुरा गरिरहेका थिए । उनले दुर्घटनाबारे प्रारम्भिक जानकारी दिँदै पाइलटहरू सुरक्षित रहेको पुष्टि गरेका हुन् ।

उनले भने, “पाइलटहरू ठीक छन्, कोही घाइते छैनन् । हामी भोलि विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछौँ ।”

घटनाबारे पहिलो पटक न्युयोर्क टाइम्सले अमेरिकी सेनाको अपाचे हेलिकप्टर अस्पष्ट परिस्थितिमा हर्मुज जलघाँटी नजिक खसेको रिपोर्ट गरेको थियो । अमेरिकी सेनाको केन्द्रीय कमान्ड र रक्षा मन्त्रालयले भने यस विषयमा प्रतिक्रिया दिन तत्काल कुनै जानकारी दिएको छैन ।

यस दुर्घटनाले संवेदनशील समुद्री मार्गमा सैन्य गतिविधि र क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
२०८३ जेठ २६, मंगलबार
श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण
२०८३ जेठ २६, मंगलबार
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
२०८३ जेठ २६, मंगलबार
उपत्यकामा ‘बर्डफ्लु’ फैलियो, सात लाख अण्डा र एक सय ८३ टन दाना नष्ट
२०८३ जेठ २६, मंगलबार
हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
२०८३ जेठ २६, मंगलबार
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
२०८३ जेठ २६, मंगलबार
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी
२०८३ जेठ २६, मंगलबार