जेठ २८, २०८३ बिहिबार June 11, 2026

नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ शुक्रबार ११ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ जेठः प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै सो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सांसदहरु डा पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राख्नुभएको थियो ।

अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैङ्कलाई स्वतन्त्र र स्वायत्तरूपमा काम गर्न सकोस भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ शुक्रबार ११ः०० बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन
२०८३ जेठ २८, बिहिबार
समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
२०८३ जेठ २८, बिहिबार
पाकिस्तानमा सेनाको हेलिकोप्टर दुर्घटना, २२ जनाको मृत्यु
२०८३ जेठ २८, बिहिबार
नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
२०८३ जेठ २८, बिहिबार
संविधान संशोेधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
२०८३ जेठ २८, बिहिबार
मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट
२०८३ जेठ २८, बिहिबार
देशभर १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी
२०८३ जेठ २८, बिहिबार