जेठ २९, २०८३ शुक्रबार June 12, 2026

अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि उच्च प्रयास गर्न राष्ट्रसङ्घको आह्वान

अन्तर्राष्ट्रिय शान्ति सुरक्षालाई अगाडि बढाउन स्थायी शान्ति सम्झौतामा पुग्न दुवै पक्षले आफ्ना प्रयासलाई दोब्बर बनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, २९जेठ (रासस / क्युएनए) : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि आफ्ना प्रयासहरूलाई उच्च र दोब्बर बनाउन आह्वान गर्दै द्वन्द्वको पूर्ण पुनरुत्थान गर्ने कुनै पनि क्रियाकलापबाट बच्नु पर्ने कुरामा जोड दिनु भएको छ ।

इरानमाथि अमेरिकाले गरेको आक्रमण र खाडी लगायतकाका छिमेकी देशहरूमा इरानले गरेको प्रतिआक्रमण र शत्रुतापूर्ण क्रियाकलापबाट उल्लेखनीय वृद्धि सहित मध्यपूर्वमा जारी तनावबाट महासचिव गुटेरेस चिन्तित भएको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय कानुन अनुसार समुद्री अधिकार र स्वतन्त्रताको अभ्यासलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आफ्नो दायित्व कायम राखी नागरिकहरूको सुरक्षाका लागि आवाश्यक सावधानी अपनाउन आह्वान गर्नु भएको छ ।

शान्ति प्रक्रियामा अगाडि बढ्ने एक मात्र प्रक्रिया वास्तविक संवाद र वार्ताको माध्यमबाट भएको बताउदै डुजारिकले वाशिङ्गटन र तेहरानलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षालाई अगाडि बढाउन स्थायी शान्ति सम्झौतामा पुग्न दुवै पक्षले आफ्ना प्रयासलाई दोब्बर बनाउन आग्रह गर्नु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन राजनीतिक नेतृत्वमा सुझबुझ हुनुपर्छ : सभापति थापा
२०८३ जेठ २९, शुक्रबार
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
२०८३ जेठ २९, शुक्रबार
ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार
२०८३ जेठ २९, शुक्रबार
महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
२०८३ जेठ २९, शुक्रबार
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
२०८३ जेठ २९, शुक्रबार
अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि उच्च प्रयास गर्न राष्ट्रसङ्घको आह्वान
२०८३ जेठ २९, शुक्रबार
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत
२०८३ जेठ २९, शुक्रबार