जेठ ३०, २०८३ शनिबार June 13, 2026

अमेरिका-इरानबिच २४ घण्टाभित्र सम्झौता हुन सक्ने : पाकिस्तान

पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, जेठ ३० गते । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ । यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौं लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताले लामो समयदेखि प्रतिक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन् ।

अप्रिल ८ मा भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि हप्तौँको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म युद्धविराम लम्ब्याउन मात्र यो सम्झौता सहमतिको नजिक छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिबार एक्समा लेख्नुभएको छ, “पहिलेभन्दा धेरै बिषयमा सहमति जुटेको छ र स्थायी शान्तिका लागि सम्झौता गर्न हामी सफलता नजिक छौँ । “अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ, पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुने छ ।”रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
२०८३ जेठ ३०, शनिबार
घोराहीमा सम्पन्न लुम्बिनी प्रदेश बक्सिङमा दाङको वर्चस्व
२०८३ जेठ ३०, शनिबार
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
२०८३ जेठ ३०, शनिबार
अमेरिका-इरानबिच २४ घण्टाभित्र सम्झौता हुन सक्ने : पाकिस्तान
२०८३ जेठ ३०, शनिबार
सर्त पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
२०८३ जेठ ३०, शनिबार
अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने
२०८३ जेठ ३०, शनिबार
श्रम ऐन कार्यान्वयनको माग गर्दै प्रशिक्षार्थी चिकित्सक आन्दोलनमा
२०८३ जेठ ३०, शनिबार