मंग्सिर २, २०८३ बुधबार November 18, 2026

जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

ग्यास र तेल क्षेत्रमा थप प्रतिबन्धमार्फत रूसमाथि दबाब बढाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इभियन–लेस–बेन्स २ असार । जी–७ राष्ट्रका नेताहरूले युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गर्न रूसमाथि थप दबाब बढाउने सहमति जनाएका छन् । फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोमाथि प्रतिबन्ध कडा बनाउने विषयमा छलफल गरेका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि शिखर सम्मेलनमा सहभागी हुनुभएको छ । सम्मेलनका क्रममा उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य जी–७ नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

फ्रान्सेली कूटनीतिक स्रोतका अनुसार नेताहरूले ग्यास र तेल क्षेत्रमा थप प्रतिबन्धमार्फत रूसमाथि दबाब बढाउने निर्णय गरेका छन् । साथै, युद्धको वर्तमान अवस्थाले युक्रेनलाई केही रणनीतिक लाभ पुगेको निष्कर्षसमेत निकालिएको छ ।

राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसले सम्झौता गर्नुपर्ने बताउनुभएको छ । उहाँले युद्धका कारण दुवै पक्षमा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनका प्राथमिकतामा हवाई प्रतिरक्षा प्रणाली सुदृढीकरण, जाडो मौसमका लागि सहयोग तथा रूसमाथि थप अन्तरराष्ट्रिय दबाब रहेको बताउनुभएको छ । उहाँले रूस युद्धमा विजयी नभएको र राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले पनि रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरिएको जानकारी दिनुभयो । ती प्रतिबन्धमा रूसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीमा संलग्न ट्याङ्करहरू समेटिएका छन् ।

शिखर सम्मेलनमा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको पछिल्लो समझदारीपछि क्षेत्रीय स्थायित्वका विषयमा आफ्ना सहयोगी राष्ट्रसँग विचारविमर्श गर्नुभएको जनाइएको छ ।

तीनदिने शिखर सम्मेलन बुधबार सम्पन्न हुने कार्यक्रम छ ।रासस\एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार
काठमाडौँ-मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार