असोज ६, २०८३ मंगलबार September 22, 2026

शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह

ट्रम्पले उत्तर कोरियासम्बन्धी समस्याको समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, ३ असार  : दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको तनाव कम गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ । इरानसँगको युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच सहमति बनेको पृष्ठभूमिमा सियोलले अब वासिङ्टनको ध्यान उत्तर कोरियातर्फ मोडिने अपेक्षा गरेको देखिएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्प र लीबीच उत्तर कोरियाको विषयमा विस्तृत छलफल भएको थियो । वार्ताका क्रममा ट्रम्पले अन्तर–कोरियाली सम्बन्धको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो ।

त्यस क्रममा राष्ट्रपति लीले मध्यपूर्वमा द्वन्द्व समाधानका लागि ट्रम्पले खेलेको भूमिकालाई उल्लेख गर्दै उत्तर कोरियाली मुद्दाको शान्तिपूर्ण समाधानका लागि पनि नेतृत्व लिन आग्रह गर्नुभएको थियो । राष्ट्रपति कार्यालयका अनुसार ट्रम्पले उत्तर कोरियासम्बन्धी समस्याको समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अमेरिका र इरानले शुक्रबार औपचारिक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेका बेला ट्रम्प प्रशासनले अब आफ्नो कूटनीतिक ध्यान उत्तर कोरियातर्फ केन्द्रित गर्न सक्ने अनुमान बढेको छ ।

यसैबीच ट्रम्पले सन् २०१८ मा सिङ्गापुरमा उत्तर कोरियाली नेता किम जोङ–उनसँग भएको ऐतिहासिक शिखर वार्ताको तस्बिर सामाजिक सञ्जालमा पुनः सार्वजनिक गरेपछि वासिङ्टन–प्योङयाङ संवाद पुनर्जीवित हुन सक्ने अड्कलबाजीलाई थप बल पुगेको छ ।

राष्ट्रपति लीले आफ्ना पूर्ववर्ती युन सुक येओलको तुलनामा उत्तर कोरियाप्रति अपेक्षाकृत नरम र संवादमुखी नीति अपनाउनुभएको छ । तर प्योङयाङले सियोललाई औपचारिक रूपमा आफ्नो ‘सबैभन्दा शत्रुतापूर्ण शत्रु’ को संज्ञा दिँदै आएको छ र आफूलाई ‘अपरिवर्तनीय आणविक राष्ट्र’ घोषणा गर्दै वार्ताप्रति चासो देखाएको छैन ।

विशेषज्ञहरूले पनि निकट भविष्यमा किम जोङ–उन र ट्रम्पबीच प्रत्यक्ष भेटवार्ता हुने सम्भावना कम रहेको बताएका छन् । सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडीजका पूर्व अध्यक्ष याङ मु–जिनका अनुसार उत्तर कोरियाको दृष्टिकोणबाट हेर्दा अहिले अमेरिकासँग वार्ता गर्ने स्पष्ट कारण देखिँदैन ।

विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा उत्तर कोरियाले आफ्नो कूटनीतिक दायरा फराकिलो बनाउने प्रयास गरेको छ । प्योङयाङले युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग उपलब्ध गराएको आरोप खेपिरहेको छ, जसले मस्कोसँगको सम्बन्धलाई थप बलियो बनाएको छ ।

हालै किम जोङ–उनले प्योङयाङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्नुभएको थियो । त्यो भेटअघि सी जिनपिङले बेइजिङमा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै शिखर वार्ता गर्नुभएको थियो ।

विशेषज्ञहरूका अनुसार प्योङयाङ र बेइजिङले जारी गरेका आधिकारिक वक्तव्यमा उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम त्याग्नुपर्ने विषयको कुनै उल्लेख नगर्नुले चीनले उत्तर कोरियाको आणविक हैसियतप्रति मौन समर्थन जनाएको सङ्केत गर्न सक्छ ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
२०८३ असोज ६, मंगलबार
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच न्युयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार