असोज ५, २०८३ सोमबार September 21, 2026

अमेरिका–इरान सम्झौता घोषण पछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु: राष्ट्रसङ्घ

लेबनानबाट विस्थापित भएका परिवारहरू सावधानीपूर्वक आफ्नो घर फर्कन थालेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, ३ असार  : अमेरिका र इरान बीच भएकोे सम्झौताको घोषणा पछि लेबनानबाट विस्थापित भएका परिवारहरू सावधानीपूर्वक आफ्नो घर फर्कन थालेको संयुक्त राष्टसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले बताएको छ ।

विज्ञप्ति जारी गर्दै ओसिएइचएले दक्षिण लेबनानमा लगभग दुई हजार ७०० मानिसहरूले सोमबार सामूहिक आश्रयहरू छोडेर आफ्नो थात–थलो फर्किएको जनाइएको छ । सामूहिक रुपमा आश्रयमा बसोबास गदै आएका विस्थापित व्यक्तिहरूको सङ्ख्या विगत चार दिनमा लगभग दश हजारले घटेर शुक्रबार लगभग एक लाख ३४ हजार पुगेको जनाइएको छ ।

लेबनानमा आइतबार देखि हिंसाको तीव्रता घटेको भए पनि दक्षिणी लेबनानमा निरन्तर घटनाहरूको रिपोर्ट गरिएको छ । जसले बासिन्दाहरूको घर फर्किने र स्वतन्त्र रूपमा आफ्नो वास–स्थानमा सर्ने क्षमतालाई प्रत्यक्ष असर पारेको जनाइएको छ ।

यसरी मानिसहरु आ–आफ्नो वासस्थान फर्किरहेको अवस्थामा जमिन मुनि राखिएका हतियारको उपस्थिति एक प्रमुख चिन्ताको विषय बनेको जनाइएको छ । यस सन्दर्भमा, ओसिएइचएले नागरिकहरूको सुरक्षा र दिगो मानवीय सहायताको सुरक्षित, स्वैच्छिक फिर्ती सुनिश्चित गर्न आफ्नो आह्वानलाई नवीकरण गरेको छ ।रासस/क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ
२०८३ असोज ५, सोमबार
नवलपरासीमा ट्रकको ठक्करबाट १८ महिने बालिकाको मृत्यु, आमा गम्भीर घाइते
२०८३ असोज ५, सोमबार
नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न
२०८३ असोज ५, सोमबार
‘प्रहरी कार्यसम्पादन मूल्याङ्कन’ अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण
२०८३ असोज ५, सोमबार
एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा
२०८३ असोज ५, सोमबार
कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु
२०८३ असोज ५, सोमबार
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
२०८३ असोज ५, सोमबार