असार ३, २०८३ बुधबार June 17, 2026

इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का: प्रतिवेदन

शुक्रबार स्विट्जरल्यान्डमा इरान सम्झौतामा हस्ताक्षर हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन डीसी ३ असार (रासस/एएनआई) : अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन प्रतिवेदन अनुसार इरानले युद्ध पछि स्ट्रेट अफ होर्मुजलाई इच्छा अनुसार बन्द गर्ने क्षमता हासिल गरेको स्रोतहरूलाइ उदृत गर्दै सिएनएनले जनाएको छ ।

आगामी शुक्रबार हस्ताक्षर हुने सम्झौताको बावजुद महत्वपूर्ण होर्मुज जलमार्ग प्रयोग गरेर अर्थतन्त्रलाई नोक्सान पुर्याउने इरानको प्रतिगमन कार्य पुनः सुरु हुन सक्ने मूल्याङ्कनले जनाएको छ ।

इरान पछिल्लो समयमा अमेरिकाको प्रतिद्धन्दी बनी खाडी देशहरूको ऊर्जा पूर्वाधारमा आक्रमणको फाइदा उठाउन सिकेको मूल्याङ्कन स्रोतलाई उदृत गर्दै सिएनएनले जनाएको छ । प्रति आक्रमण स्वरुप इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी आधारहरूमा आक्रमण गरेको थियो ।

हाल इरानलाई होर्मुज जलमार्ग माथि वास्तविक नियन्त्रण हस्तान्तरण गरेको जनाउदै यो अधिकार कुनै पनि आणविक हतियार भन्दा बढी शक्तिशाली हतियार भएको अमेरिकी गुप्तचर मूल्याङ्कनसँग परिचित स्रोतलाई उल्लेख गर्दै सिएनएनले बताएको छ ।

युद्ध अन्त्य गरी हार्मुज जलमार्गलाई पूर्ण रूपमा पुनः खोले पछि हुने इरानीहरूको निरन्तर लाभलाई जोड दिँदै यसको लागि इरानसँग गहन वार्ता गर्नु परेको अमेरिकाले जनाइएको छ ।

अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने इरान सम्झौता बारे बोल्दै सम्झौता अनुसार इरानसँग आणविक हतियार हुन नसक्ने तथा होर्मुजको जल मार्ग खुला हुनु पर्ने लगाएतका विषय खुलासा गर्नु भएको छ । यी सर्तहरु पालना गरे भने धेरै फाइदाहरू रहेको उल्लेख गर्दै इरानीहरूले सर्तहरु पालना नगरे केही पनि नपाउने बताउनु भएको छ ।

सम्झौताको सामग्री र अन्य जोखिमहरूको अनिश्चितता पनि स्ट्रेट अफ होर्मुजमा रहेको ढुवानी उद्योगका अधिकारीहरू र जहाजको आवागमन यिमन गर्ने विज्ञहरूलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानसँगको सम्झौताको ढाँचा “एक–दुई दिनमा“ सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति ट्रम्पले गत आइतबार इलेक्ट्रोनिक रूपमा सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ तर पूर्ण पाठ सार्वजनिक रूपमा खुलासा गरिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौं : अर्थमन्त्री डा वाग्ले
२०८३ असार ३, बुधबार
विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस
२०८३ असार ३, बुधबार
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का: प्रतिवेदन
२०८३ असार ३, बुधबार
‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं’- मन्त्री पौडेल
२०८३ असार ३, बुधबार
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए
२०८३ असार ३, बुधबार
वैदेशिक रोजगारी ठगी नियन्त्रणमा विभाग सक्रिय, एकै दिन २९ नयाँ जाहेरी दर्ता
२०८३ असार ३, बुधबार
सरकारी सूचना र विज्ञापनमा समान पहुँच हुनुपर्छ : मुख्यमन्त्री कार्की
२०८३ असार ३, बुधबार