असार ६, २०८३ शनिबार June 20, 2026

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

पछिल्ला घटनाक्रमले युद्धविराम कार्यान्वयनबारे अनिश्चितता बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायल र इरान समर्थित हिज्बुल्लाहबीच एक दिनअघि मात्र नयाँ युद्धविराम घोषणा भए पनि आक्रमण भएको हो ।

राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार मध्यरातपछि र शनिबार बिहानसम्म दक्षिण लेबनानका नाबातीह क्षेत्रसहित एक दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो । सो क्षेत्रमा तोपखानाबाट पनि गोलाबारी भएको जनाइएको छ ।

एनएनएले अरब सलिम शहरमा भएको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको, देइर जहरानीमा एक जना र द्वेइर शहरको प्रवेशद्वारमा ड्रोनले मोटरसाइकललाई लक्षित गर्दा थप एक जनाको मृत्यु भएको जनाएको छ ।

शुक्रबार मात्र लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण र पूर्वी क्षेत्रमा भएका इजरायली आक्रमणमा ४७ जनाको मृत्यु भएको बताएको थियो । त्यसै दिन इजरायली सेनाले लेबनानमा १५० भन्दा बढी आक्रमण गरेको दाबी गरेको थियो ।

यसैबीच, अमेरिका र कतारी मध्यस्थकर्ताहरूको पहलमा इजरायल–हिज्बुल्लाहबीच तत्काल युद्धविराम भएको घोषणा गरिएको थियो । तर पछिल्ला घटनाक्रमले युद्धविराम कार्यान्वयनबारे अनिश्चितता देखिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार