श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

GAT सम्मेलनमा सहभागी हुन डिष्ट्रिक्ट ३२५ के नेपालका प्रतिनिधिमण्डलको भब्य विदाई

कोलम्बो सम्मेलनमा सहभागी हुन गभर्नर रमेश अधिकारीसहितको टोली प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका लायन वर्ष २०२६/०२७ का डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीसहित चार सदस्यीय प्रतिनिधिमण्डललाई श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजना हुने अन्तर्राष्ट्रिय ग्लोबल एक्सन टिम (GAT) सम्मेलनमा सहभागी हुन प्रस्थानअघि भव्य रूपमा बिदाइ गरिएको छ।

May be an image of one or more people and textजुन १८ देखि २० तारिखसम्म सञ्चालन हुने उक्त सम्मेलनमा डिष्ट्रिक्ट ३२५ के नेपालका डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, जिईटी कोअर्डिनेटर लायन निरज श्रेष्ठ, जिएमटी कोअर्डिनेटर लायन निर्मल महर्जन तथा एलसिआईएफ डिष्ट्रिक्ट कोअर्डिनेटर लायन निरोज पाण्डेले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन्।

प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष कार्यक्रममा पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन विष्णुहरी फुँयाल, सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन हसन कुमार गोपाली, क्याबिनेट सेक्रेटरी लायन गणेश जिसी, डिष्ट्रिक्ट ट्रेजरर लायन चुडामणि सिलवाल, पिआरओ इन चिफ लायन सुरेन्द्र बाबु श्रेष्ठ, डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर लायन मुना थापा, डिष्ट्रिक्ट चिफ मिशन १.५ लायन महाप्रसाद पाण्डेलगायत क्याबिनेट पदाधिकारी, अफिसर्स तथा विभिन्न क्लबका प्रतिनिधिहरूले सम्मानपूर्वक बिदाइ गरेका थिए।

May be an image of one or more people and textबिदाइ कार्यक्रममा सहभागी लायन्स लिडरहरुले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूलाई सफल सहभागिता तथा उपलब्धिमूलक भ्रमणको शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लायन्स आन्दोलन, सदस्यता विस्तार, नेतृत्व विकास तथा सामाजिक सेवाका उपलब्धिहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरेका थिए।

उनीहरूले डिष्ट्रिक्ट ३२५ के नेपालले सदस्यता वृद्धि, नेतृत्व विकास र सेवामूलक कार्यक्रमका क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्न सम्मेलन महत्वपूर्ण अवसर हुने उल्लेख गरे ।

लायन्स अन्तर्राष्ट्रियको ग्लोबल एक्सन टिम (GAT) अन्तर्गत आयोजना हुने यस्ता सम्मेलनहरूले विश्वभरका लायन्स नेताहरूबीच अनुभव आदानप्रदान, सहकार्य विस्तार, सदस्यता वृद्धि, नेतृत्व विकास तथा सेवामूलक कार्यक्रमहरूको प्रभावकारिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। सम्मेलनले विश्वव्यापी लायन्स अभियानलाई थप गतिशील, उत्तरदायी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार