असार ८, २०८३ सोमबार June 22, 2026

रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने

आज साँझ ७ बजेदेखि प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ ।

सोमबार पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले जारी गरेको सूचना अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको हो।

सूचनामा आज साँझ ७ बजेदेखि प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु गरिने तथा प्रक्रियामा रहेका कार्डहरू भोलि बिहान ७ बजेदेखि वितरण गरिने उल्लेख गरिएको छ। प्रतिनिधि कार्ड वितरण सम्पन्न भएपछि बन्दसत्रको कार्यक्रम सुरु गरिने जनाइएको छ।

पार्टीले महाधिवेशन आफ्नो सर्वोच्च निकाय भएकाले प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नआओस् भन्नेमा प्रतिबद्ध रहेको जनाएको छ।

यसबाट महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै धैर्यता, संयमता र सहयोगका लागि सम्पूर्णलाई आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले उपाध्यक्ष पौडेललाई नेपालगञ्ज लगियो
२०८३ असार ८, सोमबार
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ
२०८३ असार ८, सोमबार
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
२०८३ असार ८, सोमबार
पूर्वपरराष्ट्रमन्त्री आरजु राणा र महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२०८३ असार ८, सोमबार
उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असार ८, सोमबार
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने
२०८३ असार ८, सोमबार
दर्मीजामा ‘होमस्टे’ले आनन्द लिन जाने होइन त ?
२०८३ असार ८, सोमबार