असार ८, २०८३ सोमबार June 22, 2026

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट नियन्त्रणमा लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, असार ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६:०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो । पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत आउनुभएको जनाइएको छ ।

पूर्व अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेल बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आउनुभएको प्रहरीले जनाएको छ । उहाँलाई प्रहरी उपरीक्षक पौडेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले उपाध्यक्ष पौडेललाई नेपालगञ्ज लगियो
२०८३ असार ८, सोमबार
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ
२०८३ असार ८, सोमबार
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
२०८३ असार ८, सोमबार
पूर्वपरराष्ट्रमन्त्री आरजु राणा र महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२०८३ असार ८, सोमबार
उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असार ८, सोमबार
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने
२०८३ असार ८, सोमबार
दर्मीजामा ‘होमस्टे’ले आनन्द लिन जाने होइन त ?
२०८३ असार ८, सोमबार