असार २८, २०८३ आइतबार July 12, 2026

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

इरानले जोर्डन, बहराइन, कुवेत, कतार र ओमानमा आक्रमण गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ असार। होर्मुज जलसन्धि पूर्ण रूपमा खुला गराउन अमेरिकाले इरानमाथि सैन्य दबाब बढाएको छ।

होर्मुज जलसन्धि क्षेत्रमा व्यावसायिक जहाजहरू माथि इरानले निरन्तर गरिरहेको आक्रमण गत महिना अमेरिकासँग गरेको समझदारी पत्रको विपरीत रहेको एक विश्लेषकले बताएका छन्।

अस्ट्रियाका पूर्व रक्षा सहचारी (डिफेन्स अटासे) उल्फगाङ पुस्टाईले भने, ‘उक्त समझदारी पत्रमा इरानलाई ओमानमाथि दबाब सिर्जना गर्न वा ओमानको जलक्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्न अनुमति दिने कुनै प्रावधान म देख्दिनँ।’

’अर्को शब्दमा भन्नुपर्दा, होर्मुज जलसन्धिको ओमानतर्फको भागमा रहेका जहाजहरूमाथि इरानले आक्रमण गर्न पाउने गरी समझदारी पत्रमा कुनै व्यवस्था गरिएको छैन।’

अमेरिकाका लागि कुनै पनि प्रतिबन्ध बिना यो जलसन्धि पुनः सञ्चालनमा आउनु अत्यन्त महत्त्वपूर्ण छ । ‘र यसै कारणले उनीहरू इरानमाथि दबाब बढाइरहेका छन्,’ उनले भने ।

वासिङ्टनले अहिले आर्थिक र सैन्य दबाबलाई एकसाथ अघि बढाइरहेको छ, जसले इरानका लागि जहाजहरूमाथि आक्रमण गर्न अझ कठिन बनाउने छ ।

दीर्घकालमा सैन्य दबाबको तुलनामा आर्थिक दबाब धेरै बढी प्रभावकारी हुनेछ तर सैन्य दबाब बिना भने अर्को उपायले काम नगर्ने उनीहरूको भनाइ छ ।

उता, इरानले जोर्डन, बहराइन, कुवेत, कतार र ओमानमा आक्रमण गरेको दाबी गरेको छ भने संयुक्त अरब इमिरेट्सले पनि इरानी क्षेप्यास्त्र र आत्मघाती ड्रोनहरूलाई बीचैमा रोकेको जनाएको छ।

अमेरिकी सेनाले इरानभित्र १४० भन्दा बढी निसानामा प्रहार गरेको बताएको छ, यस क्रममा बन्दर अब्बास, सिरिक, चाबाहार, बन्दर ए देर, जास्क र असलुयेहजस्ता दक्षिणी बन्दरगाह सहरहरूमा विस्फोटका घटनाहरू पनि सुनिएका छन्। युद्द जारी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया