असोज ३, २०८३ शनिबार September 19, 2026

अमेरिकी आक्रमण नरोकिएसम्म होर्मुज जलमार्ग बन्द रहने इरानको चेतावनी

इरानको पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा थप तनाव सिर्जना हुने आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान । अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज जलमार्ग बन्द नै रहने इरानले जनाएको छ।

इरानको अर्ध–सरकारी समाचार संस्था फार्सले एक सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार तेहरानले अमेरिकी ‘आक्रामक गतिविधि’ जारी रहुन्जेल रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण जलमार्गबाट कुनै पनि जहाजलाई आवतजावत गर्न अनुमति दिने छैन।

स्रोतका अनुसार, ‘होर्मुज जलघाँटी पूर्ण रूपमा इरानी सशस्त्र बलको नियन्त्रणमा छ। यो जलमार्ग पुनः खोल्ने वा प्रतिबन्ध कायम राख्ने निर्णय सुरक्षा अवस्था र राष्ट्रिय हितका आधारमा मात्र गरिनेछ। अमेरिकी धम्की र शत्रुतापूर्ण गतिविधि जारी रहेसम्म अहिलेको अवस्था परिवर्तन हुने छैन।’

विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज बन्द रहने इरानको पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा थप तनाव सिर्जना हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया