मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिकालाइ हराएको ७३ औं बार्षिक उत्सवमा उत्तर कोरियामा सैन्य परेड

युद्धविरामको ७३ औं वार्षिकोत्सव मनाउन सैन्य परेड र कलात्मक कार्यक्रम आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १२ साउन । उत्तर कोरियाले सोमबार १९५०–५३ को कोरियाली युद्धमा लडाईं अन्त्य गर्न हस्ताक्षर गरिएको युद्धविरामको ७३ औं वार्षिकोत्सव मनाउन सैन्य परेड र कलात्मक कार्यक्रम आयोजना गरेको छ ।

राज्यद्वारा सञ्चालित कोरियाली केन्द्रीय टेलिभिजनले मंगलबार राजधानी प्योङयाङमा देशका नेता किम जोङ उन उपस्थित भएको कार्यक्रमहरूको बारेमा रिपोर्ट गरेको छ।

उत्तर कोरियाले जुलाई २७ लाई ‘विजय दिवस’ को रूपमा मनाउँदै आएको छ। उसले अमेरिकी नेतृत्वको सेना विरुद्धको युद्ध जितेकोमा गर्ब गर्दै आएको छ। केही सैनिकहरूले त्यस समयको पोशाक लगाएर मार्च गरेका थिए।

रक्षामन्त्री नो क्वाङ चोलले भाषणको क्रममा सेनाले देशको युद्ध निवारणको स्पष्ट र जिम्मेवार अभ्यास मार्फत उत्तर कोरियाको संविधान, सार्वभौमसत्ता, क्षेत्रीय शान्ति र सुरक्षाको रक्षा गर्नेछ।

नेता किम र उनकी छोरी किम जु एले युद्धको समयमा उत्तर कोरियासँगै लडेका चिनियाँ सैन्य बलहरूलाई सम्मान गर्ने फुटेज र गीतहरू सहितको स्मारक प्रदर्शन हेरेका थिए ।

दक्षिण कोरियाली मिडियाको रिपोर्टले वार्षिकोत्सव मनाउन आयोजना गरिएका ठूला कार्यक्रमहरू सत्ताको एकतालाई सुदृढ पार्ने उद्देश्यले गरिएको बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार