श्रावण १७, २०८३ आइतबार August 2, 2026

११औँ चार्टर्ड डेमा हेरिटेज धरहराको मानव सेवा, बालगृहमा भोजन र विद्यालय ब्याग वितरण

सेवा, समर्पण र मानवताको उत्सव बन्यो हेरिटेज धरहराको ११औँ चार्टर्ड डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन १७ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराले आफ्नो ११औँ चार्टर्ड डे सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै उल्लासमय वातावरणमा मनाएको छ। क्लबले चार्टर्ड डेका अवसरमा मातृ नेपाल बालगृह, तारकेश्वर–३, ठूला गाउँ, काठमाडौंमा पुगेर हङ्गर रिलिफ कार्यक्रम सञ्चालन गर्नुका साथै ४५ जना बालबालिकालाई निःशुल्क भोजन गराउने तथा विद्यालय ब्याग वितरण गरेको हो।

May be an image of one or more people, hospital and textक्लब अध्यक्ष लायन टिका दत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गर्भनर लायन विष्णुहरी फुँयाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी द्वितीय भाइस डिस्ट्रिक्ट गर्भनर लायन हसन कुमार गोपाली विशिष्ट अतिथि रहनुभएको थियो।

May be an image of one or more people, people smiling, people studying and textकार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरी लायन गणेश जिसी, चिफ एडभाइजर लायन मिनराज काफ्ले, पीआरओ चिफ लायन सुरेन्द्र बाबु श्रेष्ठ, मिशन १.५ चिफ लायन महाप्रसाद पाण्डे, चार्टर्ड डे संयोजक लायन दयाराम कार्की, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफद्धवय लायन नेत्रप्रसाद गुरागाईं र शक्ति श्रेष्ठ, ग्लोबल कजेज चिफ लायन इन्द्र भट्ट, एडिसनल क्याबिनेट सेक्रेटरी लायन मछिन्द्र आचार्य, क्लबका पूर्वअध्यक्षद्वय लायन भुपेन्द्र सिलवाल र लायन अनुप मास्के लगायत क्लबका पदाधिकारी लगायत लायन्सकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी क्लबका प्रथम उपाध्यक्ष लायन सुमन कुमार घिमिरे, द्वितीय उपाध्यक्ष लायन उमेश श्रेष्ठ, कोषाध्यक्ष लायन धनबहादुर श्रेष्ठ, विभिन्न पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको समेत सहभागिता रहेको थियो।

May be an image of one or more people, people studying and textकार्यक्रमको विशेष आकर्षणका रूपमा क्लबका कोषाध्यक्ष लायन धनबहादुर श्रेष्ठले आफ्नी आमाको जन्मदिनको पावन अवसर पारेर बालगृहमा आश्रित ४५ जना बालबालिकाका लागि निःशुल्क बिहानको भोजनको सम्पूर्ण व्यवस्था गर्नुभएको थियो। उहाँको यस मानवीय कार्यको कार्यक्रममा सहभागी सबैले उच्च प्रशंसा गरेका थिए।

यसैगरी क्लबकी डाइरेक्टर लायन सरिता भण्डारीको सहयोगमा बालगृहमा रहेका सम्पूर्ण बालबालिकालाई विद्यालय प्रयोजनका लागि आवश्यक नयाँ विद्यालय ब्याग समेत वितरण गरिएको थियो। प्रमुख अतिथि लायन विष्णुहरी फुँयालले बालबालिकालाई ब्याग हस्तान्तरण गर्दै शिक्षामा लगानी गर्नु नै समाजको उज्ज्वल भविष्य निर्माण गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो।

May be an image of one or more people and textकार्यक्रममा ११औँ चार्टर्ड डे विशेष केक काटी क्लबको स्थापना दिवस उत्साहपूर्वक मनाइएको थियो। केक काट्ने कार्यक्रममा बालगृहका बालबालिका, लायन्स सदस्य तथा अतिथिहरूको सामूहिक सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप आत्मीय र स्मरणीय बनाएको थियो।

May be an image of one or more people, people smiling and textकार्यक्रमको प्रारम्भमा पूर्वअध्यक्ष तथा एडिसनल क्याबिनेट सेक्रेटरी लायन मछिन्द्रराज आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै चार्टर्ड डे केवल स्थापना दिवसको औपचारिकता नभई सेवा, समर्पण र मानवीयताको उत्सव भएको उल्लेख गर्नुभयो।

चार्टर्ड डे संयोजक लायन दयाराम कार्कीले हेरिटेज धरहराले हरेक वर्ष सिर्जनात्मक र नमुनायोग्य कार्यक्रममार्फत आफ्नो स्थापना दिवस मनाउँदै आएको उल्लेख गर्दै क्लबको आगामी सेवायात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। चिफ एडभाइजर लायन मिनराज काफ्लेले हेरिटेज धरहराको चार्टर्ड डे कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै क्लबले निरन्तर गरिरहेको सेवामूलक अभियानको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि क्लबका हरेक सेवामूलक कार्यक्रममा आफ्नो निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

May be an image of one or more people, people studying and textविशिष्ट अतिथि लायन हसनकुमार गोपालीले हेरिटेज धरहरा स्थापना कालदेखि नै डिष्ट्रिक्टको सक्रिय, अनुशासित र उदाहरणीय क्लबका रूपमा परिचित रहेको उल्लेख गर्दै क्लबका गतिविधि, नेतृत्व विकास तथा निर्णयहरूले डिष्ट्रिक्टको समग्र नेतृत्व निर्माणमा सकारात्मक योगदान पुर्‍याउँदै आएको बताउनुभयो। उहाँले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै सामाजिक सेवाप्रतिको क्लबको प्रतिबद्धता अनुकरणीय रहेको धारणा राख्नुभयो।

May be an image of one or more people, violin and textप्रमुख अतिथि लायन विष्णुहरी फुँयालले शुभकामना मन्तव्य व्यक्त गर्दै लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराले विगत ११ वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सेवा तथा विपद्का समयमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले “Leading with Purpose” भन्ने यस वर्षको डिष्ट्रिक्ट नारालाई व्यवहारमा उतार्दै क्लबले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सञ्चालन गरेको हङ्गर रिलिफ तथा शैक्षिक सहयोग कार्यक्रम सम्पूर्ण डिष्ट्रिक्टकै लागि प्रेरणादायी उदाहरण बनेको उल्लेख गर्नुभयो।

May be an image of one or more peopleकार्यक्रमको सञ्चालन क्लब सचिव लायन सरोज श्रेष्ठले गर्नुभएको थियो भने समापनका अवसरमा पूर्वअध्यक्ष लायन नेत्रप्रसाद गुरागाईंले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सदस्य, सहयोगदाता तथा मातृ नेपाल बालगृह परिवारप्रति आभार व्यक्त गर्नुभयो। स्मरण रहोस् हेरिटेज धरहरामा हाल ३१ जना सदस्यहरु कायम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार