असोज ९, २०८३ शुक्रबार September 25, 2026

प्रदेश सरकारलाई लिएर एमालेमा आन्तरिक विवाद

कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले सहजै पद छाड्न नमानेपछि विवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रदेश सरकार गठनका विषयमा नेकपा (एमाले)मा चर्को विवाद देखिएको छ । कम्युनिष्ट पार्टी (नेकपा)सँग सत्ता सहकार्य गर्ने नयाँ सहमति बनेसँगै एमालेमा आन्तरिक विवाद चुलिएको हो । यसअघि प्रदेशमा कायम नेपाली कांग्रेस-एमालेको समीकरण भत्किएसँगै नेकपासँग सत्ता सहकार्य गर्ने सहमति बनेको हो । तर, आफ्नो भागमा परेका प्रदेशमा सरकार बनाउन एमालेलाई सकस परेको छ । एमालेको भागमा परेकामध्ये बागमती प्रदेशमा संसदीय गणित र मुख्यमन्त्री बन्ने व्यक्तिका कारण विवाद भएको हो । यसैगरी, कोशीमा मुख्यमन्त्री हिक्मत कार्कीले सहजै पद छाड्न नमानेपछि विवाद भएको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेताबाट राजीनामा गर्न दबाब दिएपछि नेता जगन्नाथ थपलिया सोमबार राति अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोल्दाबोल्दै ढलेको विवरणहरू बाहिर आए । सोमबार साँझ ७ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बोलाइएका थपलियालाई मध्यरातसम्म राजीनामा गर्न दबाब दिइएको थियो । अध्यक्ष ओलीसहित प्रदेश सांसदहरू थपलियामाथि खनिएपछि उहाँ बोल्दाबोल्दै ढल्नुभएको थियो । त्यसपछि थपलियालाई भक्तपुरको मध्यपुर ठिमी अस्पताल लगिएको थियो । पछि उहाँलाई वीर अस्पतालमा रिफर गरिएको थियो । अहिले थपलियाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

ओलीले थपलियाले मुख्यमन्त्री चलाउन सक्दैन भनेपछि विवाद बढेको थियो । छलफलमा १७ जना सांसद सहभागी थिए । गत शुक्रबार ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने वचन दिनुभएको थियो । किरण थापामगर सहितको छलफल राखेर ओलीले भनेपछि थपलिया मुख्यमन्त्री बन्नेमा ढुक्क बन्नुभएको थियो । तर, अचानक प्रदेश सांसदहरूले थपलियाको योग्यतामाथि प्रश्न उठाएपछि गुण्डुमा तनाव भएको थियो ।

यसैगरी, कोशीमा मुख्यमन्त्री कार्कीले सहजै पद छोड्न नमानेपछि चर्को विवाद थपिएको छ । अध्यक्ष ओलीले कार्कीलाई हटाएर अर्को मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । तर, कार्कीले नमानेपछि विवाद बढेको हो  हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार