श्रावण २५, २०८३ सोमबार August 10, 2026

प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण

नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा भारतीय राजदूत नवीन श्रीवास्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेको राजदूत श्रीवास्तवले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहसँगको शिष्टाचार भेट’दयगत सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारतीय राजदूत श्रीवास्तवले द्विपक्षीय हितका विषयमा छलफल भएको जनाएका छन् । ‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा फलदायी र सकारात्मक छलफल भयो,’ श्रीवास्तवले लेखेका छन्।

प्रधानमन्त्री शाहको सचिवालयले पनि भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार