श्रावण २५, २०८३ सोमबार August 10, 2026

चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित

आँधीका कारण उक्त क्षेत्रको यातायात सेवा अवरुद्ध हुँदा सांघाईमा मात्रै १ हजार ४०० उडानहरू रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, २५ साउन । उत्तरी छिमेकी चीन यतिखेर भिषण आँधिबेहोरीको चपेटमा परेको छ ।

चीन जारी रहेको ‘टाइफुन डल्फिन’ समन्द्री तटमा पुगेसँगै ठोक्किएसँगै चिनियाँ अधिकारीहरूले सांघाईलगायत पूर्वी चीनका विभिन्न क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्।

मौसमसम्बन्धी अधिकारीहरूका अनुसार यो आँधी सुरुमा झेजियाङ प्रान्तको युहुआनमा ठोक्किँदा यसको अधिकतम हावाको गति १५० किलोमिटर प्रतिघण्टा थियो, त्यसको करिब एक घण्टापछि यो वेन्झाउ सहरमा पुगेको थियो ।

यस आँधीका कारण उक्त क्षेत्रको यातायात सेवा अवरुद्ध भएको छ भने केवल सांघाईमा मात्रै १ हजार ४०० उडानहरू रद्द गरिएको बीबीसीले जनाएको छ।

चिनियाँ अधिकारीहरूले सुरुमा ‘टाइफुन डल्फिन’ का लागि उच्चतम् स्तरको ‘रेड अलर्ट’ जारी गरिसकेका थिए तर सोमबार बिहानसम्ममा यसलाई ‘ट्रपिकल स्टोर्म’ को स्तरमा घटेको थियो।

आँधी चीनको भित्री भूभागतर्फ अघि बढिरहेको छ र अधिकारीहरूले बुधबारसम्म भारी वर्षा, भीषण बाढी तथा पहिरोको जोखिमबारे चेतावनी दिइरहेका छन्।

सोमबार शानडोङ, हेनान, हुबेई, आन्हुई, जियाङ्सु र झेजियाङ प्रान्त तथा सांघाई सहरमा भारी वर्षाको पूर्वानुमान गरिएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार
संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत
२०८३ श्रावण २५, सोमबार