श्रावण २७, २०८३ बुधबार August 12, 2026

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

इरान विरुद्धको एक महिना लामो युद्धमा अमेरिकाले जबरजस्ती जहाज रोकेको यो तेस्रो पटक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

होर्मुज, संयुक्त राज्य अमेरिका । स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबंदी तोड्ने प्रयास गर्ने कार्गो जहाजमा अमेरिकी हेलिकप्टरले मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ ।

युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समा अमेरिकी नौ –सेनाको एमएच–६० हेलिकप्टरले एम/भि वेला नोभा कार्गो जहाजले अमेरिकी सेनाले बारम्बार जारी गरेको  चेतावनीलाई बेवास्ता गरी अगाडी बढ्ने प्रयास गरेपछि आक्रमण गरी अघि बढ्न नदिएको जनाएको छ  ।

गत जुलाई –१४ मा इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी पुनः स्थापित  गरेपछि इरान विरुद्धको एक महिना लामो युद्धमा अमेरिकाले जबरजस्ती जहाज रोकेको यो तेस्रो पटक भएको जनाइएको छ ।

सेन्टकमले मङ्गलबारसम्म नाकाबंदीको बेवास्ता गरी अगाडी खोज्ने तथा यस बन्दरगाहमा सञ्चालीत अन्य जहाजलाई पुनः निर्देशित गरेको बताएको छ ।

सेन्टकमका अनुसार अमेरिकी सेनाले यस अघि अप्रिल –१३ देखि जुन –१८ सम्ममा इरानी बन्दरगाहहरू अवरुद्ध गरेको थियो, यस अवधिमा उनीहरूले नौवटा कार्गो जहाजहरू निष्क्रिय पार्नुका साथै १४० भन्दा बढी जहाज पुनः निर्देशित गरेको जनाइएको छ ।

इरानले युद्ध अघि तेल र ग्याँस ढुवानीका लागि प्रमुख मार्गको रुपमा रहेको स्टेट अफ होर्मुज पुनः खोल्नको लागि आफ्नो मुख्य सर्तको रूपमा संयुक्त राज्य अमेरिकाले इरानी बन्दरगाहमा जारी  नाकाबंदी समाप्त गर्नु पर्ने माग गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बारम्बार रणनीतिक जलमार्ग हाेर्मुज  संयुक्त राज्य अमेरिकाको कब्जा रहेको दाबी गर्दै नाकाबन्दी जारी रहने अडान गर्नु भएको छ। रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
२०८३ श्रावण २७, बुधबार
रवि लामिछानेको आठदिने चीन भ्रमण तय, उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता हुने
२०८३ श्रावण २७, बुधबार
स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण
२०८३ श्रावण २७, बुधबार
धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य
२०८३ श्रावण २७, बुधबार
यातायात कार्यालय इलामले उठायो १४ करोड ६३ लाख राजस्व
२०८३ श्रावण २७, बुधबार
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
२०८३ श्रावण २७, बुधबार