श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

चुहावटका कारण करिब ३२ हजार वर्गमिटर तटीय क्षेत्र र ९० हजार वर्गमिटर पानी प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पेरिस, फ्रान्स, २९ साउन (रासस/एएफपी): इरानले इन्धन चुहावट यसको दक्षिणी क्वेसम टापुसम्म पुगेको भन्दै बिहीबार हर्मुज जलमार्गमा वातावरणीय क्षतिबारे चेतावनी दिएको छ । तेहरानले यसमा जिम्मेवार पक्षबाट क्षतिपूर्तिको माग गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भन्नुभयो,“ तेलको दागले खाडी र ओमान सागरको ‘पानीलाई दूषित’ बनाएको छ र प्रारम्भिक प्रमाणले चुहावटको स्रोत विदेशी ठूला इन्धन बोक्ने जहाज भएको सङ्केत भेटिएको छ।”

विश्वभरि जहाज आवागमन निगरानी गर्ने अमेरिकी होस्ट गरिएको वेबसाइट ट्याङ्करट्र्याकर्सले भनेको छ, “चुहावट अगस्ट ३ मा ओमानी समुद्रमा हिँडिरहेको ठूलो जहाज ‘मिनोअन पायनियर’माथि इरानी आक्रमणबाट आएको देखिन्छ।

“त्यसपछि चुहावट जलमार्ग हुँदै इरानतर्फ बगेको थियो,” ट्याङ्करट्र्याकर्सले भनेको छ।

बघाईले एक्समा लेख्नुभएको छ, “यस्ता चुहावटले ‘हालका दशकहरूमा इरानका तटीय क्षेत्रमा खर्बाैँ डलरको क्षति पु¥याएको’ छ यसको सम्वन्धित पषले क्षतिपूर्ति दिनुपर्छ ।

“हर्मुज जलसन्धि हुँदै व्यावसायिक जहाज र ट्याङ्करबाट लाभ लिने हरेक पक्षले पु¥याइएको वातावरणीय हानिलाई सुधार्ने कानुनी र नैतिक दुवै दायित्व बोक्छ,” उहाँले थप्नुभयो ।

इरानको दक्षिणी होर्मोज्गन प्रान्तको वातावरण संरक्षण विभागका प्रमुख हबीब मसीहीले भन्नुभयो, “चुहावट क्वेशम टापुसम्म पुगेको थियो तर ‘बुधबार साँझसम्म लगभग पूर्ण रूपमा सफा गरिसकिएको’ छ ।”

उहाँले भन्नुभयो, “चुहावटका कारण करिब ३२ हजार वर्गमिटर तटीय क्षेत्र र ९० हजार वर्गमिटर पानी प्रभावित भएको थियो।”

“क्वेशमको दक्षिणी तटमा तेल प्रदूषण विगत केही दशकमा यस क्षेत्रको समुद्री पारिस्थितिकी तन्त्र नष्ट गर्ने व्यापक प्रदूषणको एउटा उदाहरण मात्र हो,” इरानको वातावरण संरक्षण संगठनकी प्रमुख शीना अन्सारीले थप्नुभयो ।

“क्षतिपूर्तिका लागि को जिम्मेवार छ? हाम्रो क्षेत्रबाट ऊर्जा निर्यात उपभोग गर्ने देशहरू वा यस क्षेत्रलाई सैन्य अभियानको मञ्च बनाएका आक्रामकहरू?” अन्सारीले बिहीबार एक्समा पोस्ट गर्नुभयो ।

इरानले फेब्रुअरी २८ मा मध्यपूर्व युद्ध सुरु भएयता हर्मुज जलमार्गमाथि नियन्त्रण कायम राखेको छ, खाडीका अमेरिकी सहयोगी देशहरूबाट ऊर्जा निर्यात बोकेका जहाजहरूको आवागमन अवरुद्ध पारेको छ।

यसले वातावरण संरक्षणलगायत सेवाहरूलाई कोष जुटाउन पास हुने जहाजहरूबाट नौपरिवहन शुल्क लिन योजना बनाएको बताएको छ।

संयुक्त राज्य अमेरिका र केही क्षेत्रीय देशहरूले कुनै पनि शुल्कको विरोध व्यक्त गरेका छन्।

यो चुहावट छिमेकी ओमान नजिकै भर्खरै अर्को तेल दाग आएपछि आएको हो, जुन एउटा ट्याङ्कर फुटेर आएको थियो।

एएफपीको अघिल्लो अनुसन्धानले विस्फोटबाट जहाज क्षतिग्रस्त भएपछि ओमानको अल–किबलिय्याह टापु नजिकै हप्ताौंसम्म अड्किएको फेला पारेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया