श्रावण ३०, २०८३ शनिबार August 15, 2026

पर्यटन विकासमा नीतिगत सुधार गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

निकुञ्जका अधिकारी, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालासँग गरे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा । पर्सा राष्ट्रिय निकुञ्जलाई मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघीय सरकारले नीतिगत सुधार गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रतिबद्धता जनाउनुभएको छ ।

मधेश प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौतीबारे स्थलगत अध्ययन गर्ने क्रममा पर्सा राष्ट्रिय निकुञ्ज पुग्नुभएका मन्त्री पौडेलले निकुञ्जका अधिकारी, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गर्नुभएको हो ।

छलफलमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र पौडेलले पर्सा राष्ट्रिय निकुञ्जमा पर्याप्त पर्यटकीय सम्भावना भए पनि आवश्यक पूर्वाधार, प्रचारप्रसार र लगानीको अभावका कारण अपेक्षाअनुसार पर्यटक भित्र्याउन नसकिएको बताउनुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक तथा पर्यटकीय सम्भावनामा ठूलो भिन्नता नरहे पनि चितवनको सौराहाले पाएको जस्तो पूर्वाधार र प्रचारको अवसर पर्साले नपाएको बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी समेत रहनुभएका पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले वीरगन्जसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यापर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउनुभयो । तर, पर्यटकलाई निकुञ्ज भ्रमण गराउने पर्याप्त सफारी गाडी, पर्यटकीय पूर्वाधार र पर्यटकमैत्री वातावरणको अभावले सम्भावनाअनुसार पर्यटक आकर्षित हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले निकुञ्जमा सफारीका लागि आवश्यक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो ।

सरोकारवालाबाट प्राप्त सुझावपछि मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटनको दृष्टिले अपेक्षाअनुसार उपयोग गर्न नसकिएको स्वीकार गर्नुभयो ।

निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले संघीय सरकारसँगै स्थानीय तथा प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार