भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छः मुख्यमन्त्री आचार्य

पुस्तकालयमा रहेका ऐतिहासिक तथा धार्मिक सामग्री र दस्तावेजको संरक्षणमा विशेष ध्यान दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोराही (दाङ), १२ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक भएको बताउनुभएको छ ।

जनै पूर्णिमा (रक्षाबन्धन) का अवसरमा घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित सिद्धरत्ननाथ मठमा आयोजित महाभण्डारा तथा प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री आचार्यले संरक्षण र विकासमा प्रदेश सरकारको निरन्तर योगदान रहने बताउनुभयो । सो अवसरमा उहाँले मठको अवलोकन गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेका यस्ता सम्पदाले दाङसहित लुम्बिनी प्रदेशको पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री आचार्यले सम्पदाको संरक्षणसँगै यसको धार्मिक तथा पर्यटकीय महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मठ परिसरमा रहेको ऐतिहासिक पुस्तकालयको समेत अवलोकन गर्नुभयो ।

पुस्तकालयमा रहेका ऐतिहासिक तथा धार्मिक सामग्री र दस्तावेजको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउँदै मुख्यमन्त्री आचार्यले भावी पुस्ताले समेत अध्ययन तथा अवलोकन गर्न सक्ने गरी यस्ता सम्पदाको संरक्षण गर्न प्रदेश सरकार सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मठ परिसरमा रहेको ऐतिहासिक संरचनाको अवलोकन गर्नुका साथै प्रदेश सरकारको लगानीमा निर्माण सुरु भएको धर्मशालाको समेत अनुगमन गर्नुभयो ।

धर्मशाला निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले निर्धारित लक्ष्य र उद्देश्यअनुसार निर्माणको काम अघि बढाएर पूर्णता दिइने बताउनुभयो । कार्यक्रममा मठका महन्त योगी सुरतनाथ, मठाध्यक्ष पीर योगी ज्ञाननाथलगायतको सहभागिता रहेको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार