काठमाडौँ, भदौ १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवा बाढीबाट विभिन्न जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका मजदुर, कर्मचारी र स्थानीयको उद्धारको लागि उद्धार टोली आज साँझसम्म टनेलसम्म पुग्ने प्रयासमा रहेको बताउनु भएको छ।
टनेलभित्र फसेका व्यक्तिको परिवारसँग मन्त्रालयमा शनिबार भेट्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘आज साँझसम्म टनेल भेट्न सक्ने सम्भावना छ ।’
मन्त्री श्रेष्ठले टनेलमा फसेकाहरुको उद्धारको लागि शुक्रबारदेखि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको जानकारी गराउनुभयो । श्रेष्ठले राति पनि खोज तथा उद्धार र टनेलको मुहान खोल्न काम भइरहेको बताउनुभयो । ‘राति पनि काम रोकेका छैनौं । राति रोक्यो भने आसै मर्छ । जे जस्तो छ भेटाउन सकिन्छ भन्नका लागि बरु हाफ सिफ्ट गरेर हुन्छ कि पालो फेरेर हुन्छ कि निरन्तरता दिने प्रयास हामी गरिरहेका छौं’ -उहाँले भन्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया