भाद्र १४, २०८३ आइतबार August 30, 2026

प्रदेश प्रमुखद्वारा त्रिशुलीको बाढीग्रस्त क्षेत्रको निरीक्षण

बागमती प्रदेश सरकार र सम्बन्धित निकायहरू जोखिम न्यूनीकरण तथा प्रभावितहरूको पुनर्स्थापनाका लागि निरन्तर खट्ने आश्वासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

​नुवाकोट, भाद्र १४ गते । बागमती प्रदेशका प्रदेश प्रमुखले शनिबार त्रिशुली बजारस्थित बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ। अविरल वर्षाका कारण त्रिशुली नदी तथा स्थानीय खोलामा आएको बाढीले गरेको क्षति र विस्थापित नागरिकहरूको अवस्था बुझ्न उहाँ त्रिशुली बजार पुग्नुभएको हो।

​अवलोकनका क्रममा प्रदेश प्रमुखले बाढीबाट प्रभावित स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उद्धार, राहत तथा पुनरनिर्माणमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बाढीका कारण विस्थापित भएका परिवारलाई तत्काल सुरक्षित ठाउँमा बासस्थान र आवश्यक खाद्यान्न व्यवस्थापन गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिनुभयो।

​निरीक्षण टोलीमा प्रदेश प्रमुखका साथै स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। सुरक्षा अधिकारीहरूले बाढीले पुर्‍याएको भौतिक क्षति, उद्धार कार्यको हालको स्थिति र राहत वितरणको योजनाबारे प्रदेश प्रमुखलाई जानकारी गराएका थिए।

​प्रदेश प्रमुखले विपद्को यस घडीमा धैर्य रहन स्थानीयलाई आग्रह गर्दै बागमती प्रदेश सरकार र सम्बन्धित निकायहरू जोखिम न्यूनीकरण तथा प्रभावितहरूको पुनर्स्थापनाका लागि निरन्तर खट्ने आश्वासन दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस संसदीय दलको बैठक सोमबार बस्ने
२०८३ भाद्र १४, आइतबार
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र १४, आइतबार
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
२०८३ भाद्र १४, आइतबार
आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई
२०८३ भाद्र १४, आइतबार
अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र १४, आइतबार
चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता : सलहेस सेमिफाइनल प्रवेश
२०८३ भाद्र १४, आइतबार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
२०८३ भाद्र १४, आइतबार