भाद्र १५, २०८३ सोमबार August 31, 2026

परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

नेपालको पहिचान भएका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया सरकार तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका विदेशमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच आज टेलिफोन वार्ता भएको छ ।

मलेसियाका विदेशमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा मलेसियाका विदेशमन्त्री हसनले नेपालको पहिचान भएका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया सरकार तयार रहेको बताउनुभयो । वार्तामा परराष्ट्रमन्त्री खनालले मलेसियाले व्यक्त गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै बेपत्ता व्यक्तिको खोजीकार्य जारी रहेको बताउनुभएको थियो ।

मन्त्री खनालले विपद्बाट प्रभावित मलेसियाली नागरिकका सम्बन्धमा प्रमाणित तथा आवश्यक सूचना समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँस्थित मलेसियाली दूतावाससँग निकट समन्वय गर्ने आश्वासनसमेत दिनुभएको छ ।

रसुवाको भोटेकोशीमा गएको बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उहाँहरुबीच उक्त टेलिफोन वार्ता भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् अझै टरेको छैन, उच्च सतर्कता अपनाऔँ : मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिम प्रदेश समृद्ध बनाउने दिशामा : मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १५, सोमबार
भोटेकोशी बाढी: शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
२०८३ भाद्र १५, सोमबार
परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
२०८३ भाद्र १५, सोमबार
बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगमा ल्याउने सम्झौता
२०८३ भाद्र १५, सोमबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक मंगलबारदेखि शुरु हुँदैं
२०८३ भाद्र १५, सोमबार