भाद्र १५, २०८३ सोमबार August 31, 2026

सुदूरपश्चिम प्रदेश समृद्ध बनाउने दिशामा : मुख्यमन्त्री भट्ट

विकास र समृद्धिको अभियानमा सबै पक्षलाई सक्रियतापूर्वक लाग्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, १५ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमलाई समृद्ध बनाउने दिशामा प्रदेश सरकार अघि बढिरहेको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज धनगढीमा आयोजना गरेको जिल्ला समन्वय समितिका पदाधिकारीहरूसँग ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली) सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री भट्टले कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुदूरपश्चिमलाई समृद्ध बनाउने दिशामा प्रदेश सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले विकास र समृद्धिको अभियानमा सबै पक्षलाई सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो । मुख्यमन्त्री भट्टले स्थानीय तह तथा जिल्ला समन्वय समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली महत्त्वपूर्ण हुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद् अझै टरेको छैन, उच्च सतर्कता अपनाऔँ : मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिम प्रदेश समृद्ध बनाउने दिशामा : मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १५, सोमबार
भोटेकोशी बाढी: शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
२०८३ भाद्र १५, सोमबार
परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
२०८३ भाद्र १५, सोमबार
बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता
२०८३ भाद्र १५, सोमबार
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोगमा ल्याउने सम्झौता
२०८३ भाद्र १५, सोमबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक मंगलबारदेखि शुरु हुँदैं
२०८३ भाद्र १५, सोमबार