भाद्र १६, २०८३ मंगलबार September 1, 2026

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

भोटेकोशी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत झाङ माओमिङले आज भेटवार्ता गर्नुभएको छ । सभापति लामिछानेको बूढानिलण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उक्त भेटमा राजदूत झाङले भोटेकोशी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गर्नुभयो । खोज, उद्धारदेखि पुनःनिर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उहाँले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभयो । विपद् लगत्तै उद्धारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उहाँले दिनुभयो ।

सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया