काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन् । बिहीबार (भदौ १८) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पार्टीका पदाधिकारीसहित गएर उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनले लिखित रूपमा सुझाव पेस गरेका थिए । भोटेकोसी नदी बेसिनका जलविद्युत् आयोजनाका निम्ति तत्काल ‘प्याकेज’ घोषणा गर्न आफूले सुझाव दिएको उनले बताए ।
“सेफ्टि फर्स्ट, आयोजनाहरू बनाउँदादेखि नै सुरक्षाको पाटोमा हेर्नुपर्छ । सुरु डिजाइनदेखि नै परिवर्तन गर्नुपर्छ भनेर सुझाव दिएका छौँ,” घिसिङले सञ्चारकर्मीसँग भने, “जलविद्युत् सञ्चालनमा रहेका २३५ मेगावाटका आयोजना कसरी छिटोभन्दा छिटो सञ्चालन गर्ने, निर्माणाधीन आयोजनाहरूलाई इन्सिेन्टिफाई गरेर छिटोभन्दा छिटो निर्माणका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ । प्रभावित आयोजनाहरूलाई विशेष प्याकेज बनाएर घोषणा गर्नुपर्छ ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया