भाद्र २०, २०८३ शनिबार September 5, 2026

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका बेथिति र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अघि बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम, २१ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित निजी क्षेत्र र प्रदेश सरकारबीच बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकतासाथ सम्बोधन गर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले प्रदेशको ‘रातो किताब’ रकम वितरण गर्ने पुलिन्दा नभई प्रदेशको समृद्धिको मार्गचित्र बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “बजेटले प्रदेशको आवश्यकता, सम्भावटना र जनताको अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ । त्यसका लागि यसपटकको बजेटमा हाम्रो प्रयास रहन्छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री भट्टले सुशासनमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै प्रदेशमा रहेका बेथिति र अनियमितता नियन्त्रण गर्न सरकार निर्मम भएर अघि बढ्ने बताउनुभयो । बेथितिका विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट गर्दै उहाँले सुदूरपश्चिमको विकास र रूपान्तरणका लागि पनि सबै पक्ष गम्भीर भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रदेश निर्माणको अभियानमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

अन्तरक्रियामा निजी क्षेत्रका व्यवसायीले सुदूरपश्चिममा रहेका सम्भावना तथा आफूहरूले भोग्दै आएका समस्या र चुनौतीबारे धारणा राख्नुभएको थियो । उहाँहरूले कृषि, उद्योग तथा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टलगायतको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘राज्यका सबै निकाय अन्योलमा, सरकारको लक्षण राम्रो देखिएन’ : संयोजक दाहाल
२०८३ भाद्र २०, शनिबार
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देशः हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
२०८३ भाद्र २०, शनिबार
खाजाको पैसा विद्यार्थीहरुले गरे राहत सहयोग
२०८३ भाद्र २०, शनिबार
खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी
२०८३ भाद्र २०, शनिबार
युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव
२०८३ भाद्र २०, शनिबार
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट
२०८३ भाद्र २०, शनिबार