भाद्र २१, २०८३ आइतबार September 6, 2026

दक्षिण कोरियाका विदेशमन्त्री नेपालमा

बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारमा नेपालले गरिरहेको प्रयासबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्नेछन् ।

भेटमा रसुवामा आएको बाढी तथा पहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारमा नेपालले गरिरहेको प्रयासबारे छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवामा आएको भीषण बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ नागरिक बेपत्ता भएका थिए। बेपत्तामध्ये छ जना दोसान एनर्बिलिटी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी छन् ।

मन्त्री चोले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली पक्षसँग सहयोगका लागि आग्रह गर्नेछन् । उनले बेपत्ता कोरियाली नागरिकका परिवारसँग भेट गर्नुका साथै बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र द्विपक्षीय चासोका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा
२०८३ भाद्र २१, आइतबार
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
२०८३ भाद्र २१, आइतबार
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा
२०८३ भाद्र २१, आइतबार
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
२०८३ भाद्र २१, आइतबार
सुन तोलामा ३ हजार १ सय र चाँदी ४० रुपैयाँले घट्यो
२०८३ भाद्र २१, आइतबार
Martyr Highway in Rolpa Blocked
२०८३ भाद्र २१, आइतबार
सर्लाहीमा प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन सुरु : ६६ वटा अनुसन्धानपत्र प्रस्तुत हूँदै
२०८३ भाद्र २१, आइतबार