भाद्र २१, २०८३ आइतबार September 6, 2026

तेहरानको खर्ग टापु क्षेत्रमा विस्फोटः इरानी मिडिया

अमेरिकी आक्रमणपछि तेहरानले मध्यपूर्वमा अमेरिकी लक्ष्यमा जवाफी आक्रमण जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, भदौ २१ गते । संयुक्त राज्य अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेको केही दिनपछि शनिबार खाडीे देशको प्रमुख तेल केन्द्र खर्ग टापु नजिकै धेरै विस्फोट भएको इरानी मिडियाले रिपोर्ट गरेका छन् ।

फार्स समाचार एजेन्सीले धेरै विस्फोटको आवाज सुनेको तर त्यहाँ धुवाँ नदेखिएको जनाएको छ भने, एसएनएन समाचार एजेन्सीले टापु नजिकै अमेरिकाले इरानी ट्याङ्करलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी वा इरानी अधिकारीबाट हालसम्म कुनै आधिकारिक टिप्पणी नआएको जनाइएको छ  ।

युद्ध सुरु भएको छ महिनापछि युद्धरत देशबिचको लडाइँ गत आइतबार इरानमाथि अमेरिकी आक्रमणको साथ पुनः सुरु भएको जनाइएको छ । अमेरिकी आक्रमणपछि तेहरानले मध्यपूर्वमा अमेरिकी लक्ष्यमा जवाफी आक्रमण जारी राखेको जनाइएको छ ।

इरानले बिहीबार आफ्नो सशस्त्र बलले कुवेत र संयुक्त अरब इमिरेट्सका अवस्थित अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको छ भने विवाह समारोहमा भएको नागरिकहरूको मृत्युको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ । वासिङ्टनले इरानी बन्दरगाहको प्रति-अवरोध कायम राख्दै गर्दा इरानले जहाजको बाटो अवरुद्ध गर्दै, दुवै पक्षले रणनीतिक स्ट्रेट अफ होर्मुजको नियन्त्रणका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा
२०८३ भाद्र २१, आइतबार
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
२०८३ भाद्र २१, आइतबार
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा
२०८३ भाद्र २१, आइतबार
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
२०८३ भाद्र २१, आइतबार
सुन तोलामा ३ हजार १ सय र चाँदी ४० रुपैयाँले घट्यो
२०८३ भाद्र २१, आइतबार
Martyr Highway in Rolpa Blocked
२०८३ भाद्र २१, आइतबार
सर्लाहीमा प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन सुरु : ६६ वटा अनुसन्धानपत्र प्रस्तुत हूँदै
२०८३ भाद्र २१, आइतबार