भाद्र २२, २०८३ सोमबार September 7, 2026

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता भएको छ ।

रास्वपाका प्रवक्ता जगदिश खरेलका अनुसार अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।

वार्ताका क्रममा सभापति लामिछानेले नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराउनुभएको थियो ।

उहाँले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाप्रति पनि सरकार उत्तिकै प्रतिबद्ध रहेको बताउनुभयाे ।

सभापति लामिछानेले विपद्को कठिन समयमा अमेरिकाले गरेको सहयोगप्रति अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयाे ।

जवाफमा अमेरिकी विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक परे थप सहयाेग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएकाे थियाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
२०८३ भाद्र २२, सोमबार
भोटेकोशी बाढी प्रभावित नुवाकोटमा राष्ट्रपति पौडेल, पीडितसँग गरे प्रत्यक्ष भेट
२०८३ भाद्र २२, सोमबार
सुनचाँदीको मूल्यमा ठूलो गिरावट
२०८३ भाद्र २२, सोमबार
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
२०८३ भाद्र २२, सोमबार
राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व
२०८३ भाद्र २२, सोमबार
ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता निष्कर्षबिहिन, हिउँदमा पनि युद्ध जारी रहने
२०८३ भाद्र २२, सोमबार
बाढीपीडितको अधिकार सुनिश्चित गर्न मानवअधिकार एलाइन्सको अपिल
२०८३ भाद्र २२, सोमबार