भाद्र २३, २०८३ मंगलबार September 8, 2026

राष्ट्रपति पौडेल बिहान ७ बजे पशुपतिनाथ पुग्ने

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा देश र जनताको हित तथा कल्याणको कामना गर्दै विशेष पूजा गर्ने भएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार देश र जनताको सुख, शान्ति तथा समृद्धिको सङ्कल्पसहित विशेष पूजा गर्ने कार्यक्रम तय भएको हो।

विशेष पूजाका लागि राष्ट्रपति पौडेल बिहान ७ बजे पशुपतिनाथ मन्दिर पुग्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। पूजाका क्रममा राष्ट्रको शान्ति, स्थायित्व तथा जनताको कल्याणका लागि सङ्कल्प गरिने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया