बेइजिङ, भदौ २३ गते । चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि-डम्पिङ शुल्क लगाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीबाट भएको डम्पिङले चीनको घरेलु उद्योगलाई क्षति पुगेको प्रारम्भिक प्रमाण भेटिएको जनाएको छ ।
अधिकांश जापानी कम्पनीका लागि शुल्क दर ९९.२ प्रतिशत तोकिएको छ भने डेनल सिलेनका लागि ८०.८ प्रतिशत निर्धारण गरिएको छ । गत जनवरीमा सुरु गरिएको अनुसन्धानपछि चीनले यस्तो कदम चालेको हो । जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले चीनको निर्णयप्रति कडा विरोध जनाउँदै उपाय फिर्ता लिन आग्रह गरिएको बताउनुभयो ।
जापानले चीनका निर्यात नियन्त्रण सम्बन्धी कदमको उचित जवाफ दिने उहाँले बताउनुभयो । चीनको यो निर्णय जापान र चीनबिच ताइवानलगायतका विषयमा पछिल्लो समय देखिएको कूटनीतिक मतभेदका बिच आएको हो । चिनियाँ मन्त्रालयले अस्थायी शुल्क कहिलेसम्म कायम रहने वा अन्तिम निर्णय कहिले हुने भन्ने समयसीमा तोकेको छैन । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया