काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’को अनावरण स्थगित भएको छ।
जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कमा राखिएका शहीदका सालिकको अनुहार वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि उद्घाटन स्थगित भएको हो।
पार्क उद्घाटनमा सहभागी हुन पुगेका शहीदका आफन्तहरूले सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको अनुहारसँग मेल नखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । सालिक निर्माणमा लापरबाही गरिएको भन्दै उनीहरूले आपत्तिसमेत जनाएका छन् ।
उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङसहितका अधिकारीहरू सातदोबाटो पुगेका थिए। तर, शहीद परिवारको असन्तुष्टिपछि कार्यक्रम स्थगित गरिएको हो।
पार्कमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको सालिक निर्माण गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया