श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

काका हत्या गरेको आरोपमा भतिज पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कास्कीमा आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई आइतबार प्रहरीले पक्रेको हो ।

पोखरा महानगरपालिका(२०, मजुवा–बिसौना–विजयपुर कोट पर्यटकीय पैदलमार्ग निर्माणको काम गर्दै आएका सुनकोशी–५ कै टंकबहादुर गएको वैशाख २१ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेलापरेका थिए ।

प्रहरीले ईन्द्रलाई लमजुङको मध्यनेपाल नगरपालिका–२, सोतीपसलबाट पक्राउ गरेको हो । घटनापश्चात् फरार रहेका उनी त्यहाँ लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

वैशाख २० गते बेलुका टंक र ईन्द्रसमेतका व्यक्तिहरुले सँगै रक्सी सेवन गरेका थिए । सोहीक्रममा भाँडा खसालेको विषयमा टंक र ईन्द्रबीच विवाद हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार
कामपाको स्रोत शिक्षकसँग कार्य सम्पादन करार सम्झौता
२०८३ श्रावण २९, शुक्रबार
रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह
२०८३ श्रावण २९, शुक्रबार
लोकतन्त्रको आत्मा : डा. शोभाकर पराजुली
२०८३ श्रावण २९, शुक्रबार