मंग्सिर २, २०८३ बुधबार November 18, 2026

चीनमा कार्गो जहाजमा आगलागी: कम्तीमा २० जनाको मृत्यु

उद्धार गरिएकामध्ये ५ जनाको अस्पतालमा उपचार हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ भदौ। चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

चिनियाँ सरकारी प्रसारण संस्था ‘सीसीटीभी’ का अनुसार जहाजमा सवार कुल ४२ जनामध्ये १७ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ। उद्धार गरिएकामध्ये ५ जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको छ।

घटनालगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले खोज तथा उद्धारका लागि “पूर्ण क्षमताका साथ” खटिन निर्देशन दिएका छन्। त्यसैगरी प्रधानमन्त्री ली छियाङले फसेका व्यक्तिहरूको शीघ्र उद्धारमा जोड दिँदै थप दुर्घटना  हुन नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

स्थानीय समयअनुसार बिहान करिब ११:१५ बजे (जीएमटी ०३:१५ बजे) छिङदाओ सहरको एक शिपयार्डमा मर्मतसम्भार भइरहेको बेला उक्त जहाजमा आगलागी भएको थियो। लगभग तीन घण्टाभन्दा बढीको प्रयासपछि आगो नियन्त्रणमा लिइएको सीसीटीभीले जनाएको छ।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरू अनुसार आगलागी भएको जहाज ‘ओसन मेलोडी’ हो। ‘मरिन ट्राफिक’ नामक जहाज ट्र्याकिङ वेबसाइटका अनुसार लाइबेरियाको झण्डावाहक १९० मिटर (६२३ फिट) लामो यो जहाज गत अगस्ट ३१ मा छिङदाओ आइपुगेको थियो।

चीनको दक्षिण-पूर्वी प्रान्त फुजियानस्थित एक जहाज निर्माण केन्द्र (शिपयार्ड) मा भएको विस्फोटमा परी एक उद्धारकर्मीको मृत्यु र अन्य १२ जना घाइते भएको घटनाको करिब एक महिना नबित्दै यो अर्को ठूलो आगलागीको घटना भएको हो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार