भाद्र २७, २०८३ शनिबार September 12, 2026

इरानी माझीहरू युएईबाट स्वदेश फर्किँदै

अमेरिकी–इजरायली आक्रमणका कारण हर्मुजमा बारुदी सुरुङ र जहाजहरूमाथि बमबारी हुँदा समुद्रमा ठूलो जोखिम बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान । गत अगस्टमा इरानको दक्षिणी समुद्र तटबाट हराएका दश जना इरानी माझीहरू संयुक्त अरब इमिरेट्समा भेटिएका छन् । उनीहरू शुक्रबार नै स्वदेश फर्कँदै छन् ।

इरानी सञ्चारमाध्यमहरूले युद्धका समय युएईमा फसेका आफ्ना नागरिक छिट्टै परिवारसँग भेट्ने प्रबन्ध सरकारले मिलाएको जनाएका छन् ।

मध्यपूर्वमा युद्ध चर्किरहेका बेला यी माझीहरू बेपत्ता भएका थिए ।

हर्मुज जलमार्ग अहिले तेहरान र वासिङ्टनबीचको ठूलो विवादको केन्द्र बनेको छ । इरानको तटमा माछा मार्ने माझीहरू यो युद्धबाट धेरै पीडित छन् ।

फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धमा अमेरिकी–इजरायली आक्रमणका कारण हर्मुजमा बारुदी सुरुङ र जहाजहरूमाथि बमबारी हुँदा समुद्रमा ठूलो जोखिम बढेको छ । इरानी समाचार संस्था (इर्ना)का अनुसार समाचार तयार पार्ने समयभन्दा केही मिनेटअघि  ‘यी दश जना इरानीहरू दुबईबाट स्वदेशतर्फ लागेका’ थिए ।

उनीहरू विमानबाट बन्दर अब्बास फर्किँदै छन् । यसअघि जुलाईमा पनि ५५ जना इरानी माझीहरू युएईबाट घर फर्केका थिए । इरानी सञ्चारमाध्यमहरूमा माझीहरू समुद्रमा हराएको समाचार बारम्बार आउने गर्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया