कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

विप्लपबाट होइन नेकपाको सरकारबाट देशलाई खतरा छः पाण्डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डेले दुई तिहाइको वर्तमान सरकार संविधान बिरोधी भएको बताएका छन् ।

बडादशैंको अवशर पारेर भक्तपुर काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पाण्डेले संविधानको मर्म बिपरित सरकार चलिरहेको बताएका हुन् ।

नेता पाण्डेले संविधानले सभामुख र उपसभामुख छुट्टाछुटै दलको हुनुपर्नेमा नेकपाले एउटै दलको राखेर संविधान उल्लङ्घन गरिरहेको समेत आरोप लगाएका छन् ।

संसदमा गुठि बिधयेक दर्ता गरेर वर्तमान सरकारले संस्कृति माथि नै प्रहार गरिरहेको बताएका छन् । काँग्रेस केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य समेत रहेका पाण्डेले गुठिको जग्गा भाडामा लगाउन र आफ्नो पार्टीका कार्यकर्तालाई बाँड्न सरकारले गुठि बिधयेक ल्याएको आरोप समेत लगाएका छन् ।

साथै उनले चिनियाँ स्कुल बिभागको निति लियर नेकपाले गरेको बिचार गोष्ठि संविधान बिपरित रहेको दाबी गर्दै सि जिनपिङको निति अनुसार चल्ने निति लिएको नेकपा संविधान बिरोधि भएको आरोप समेत लगाएका थिए ।

उनी भन्छन् बिप्लपबाट भन्दा पनि नेकपाको सरकारबाट देशलाई खतरा रहेको छ । सरकारले माखो पनि मार्न नसकेको तर सामाजिक संजालमा प्रचार मात्र गरेको भन्दै पाण्डेले नेकपा अलोकप्रिय रहेको छ भन्ने प्रमाण हामिले अब आउने उपनिर्वाचन मा देखाउनु पर्ने बताएका छन् ।

शुभकामना कार्यक्रममा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, प्रदेश नं ३ की सांसद रजनी जोँछे, पुर्व सभापति गणेशमान चक्रधर लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार