भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

विप्लपबाट होइन नेकपाको सरकारबाट देशलाई खतरा छः पाण्डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डेले दुई तिहाइको वर्तमान सरकार संविधान बिरोधी भएको बताएका छन् ।

बडादशैंको अवशर पारेर भक्तपुर काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पाण्डेले संविधानको मर्म बिपरित सरकार चलिरहेको बताएका हुन् ।

नेता पाण्डेले संविधानले सभामुख र उपसभामुख छुट्टाछुटै दलको हुनुपर्नेमा नेकपाले एउटै दलको राखेर संविधान उल्लङ्घन गरिरहेको समेत आरोप लगाएका छन् ।

संसदमा गुठि बिधयेक दर्ता गरेर वर्तमान सरकारले संस्कृति माथि नै प्रहार गरिरहेको बताएका छन् । काँग्रेस केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य समेत रहेका पाण्डेले गुठिको जग्गा भाडामा लगाउन र आफ्नो पार्टीका कार्यकर्तालाई बाँड्न सरकारले गुठि बिधयेक ल्याएको आरोप समेत लगाएका छन् ।

साथै उनले चिनियाँ स्कुल बिभागको निति लियर नेकपाले गरेको बिचार गोष्ठि संविधान बिपरित रहेको दाबी गर्दै सि जिनपिङको निति अनुसार चल्ने निति लिएको नेकपा संविधान बिरोधि भएको आरोप समेत लगाएका थिए ।

उनी भन्छन् बिप्लपबाट भन्दा पनि नेकपाको सरकारबाट देशलाई खतरा रहेको छ । सरकारले माखो पनि मार्न नसकेको तर सामाजिक संजालमा प्रचार मात्र गरेको भन्दै पाण्डेले नेकपा अलोकप्रिय रहेको छ भन्ने प्रमाण हामिले अब आउने उपनिर्वाचन मा देखाउनु पर्ने बताएका छन् ।

शुभकामना कार्यक्रममा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, प्रदेश नं ३ की सांसद रजनी जोँछे, पुर्व सभापति गणेशमान चक्रधर लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार