कार्तिक २३, २०८३ सोमबार November 9, 2026

१३औँ बेइजिङ सियाङसान फोरममा सहभागी हुन प्रधानसेनापति सिग्देल चीन प्रस्थान

चीनको औपचारिक भ्रमणमा प्रधानसेनापति सिग्देल, सैनिक सम्बन्ध विस्तारमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीनमा हुन गइरहेको एक कार्यक्रममा भाग लिनका लागि सेनापति सिग्देल आइतबार चीन प्रस्थान गरेका हुन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाका अनुसार असोज १ गतेसम्म प्रधानसेनापति सिग्देल चीन भ्रमणमा रहनेछन् । ‘प्रधानसेनापति अशोकराज सिग्देल चीनको निमन्त्रणामा भदौ २८ देखि असोज १ गतेसम्म हुने औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका दौरान प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने ‘दी १३औँ बेइजिङ सियाङसान फोरमु मा समेत सहभागी हुनुहुने कार्यक्रम रहेको छ,’सेनाले भनेको छ ।

May be an image of textप्रधानसेनापतिको चीन भ्रमणले दुई देशबीच आपसी सैनिक सम्बन्ध बिस्तार हुने विश्वास रहेको सेनाले जनाएको छ । ‘भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’सेनाले भनेको छ।

सिग्देलको चीन भ्रमणका क्रममा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेको पनि सेनाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार