भाद्र २९, २०८३ सोमबार September 14, 2026

ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी

कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रमा लागू जलवायु प्रदूषणसम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, २९ भदौ : अमेरिकी सञ्चारमाध्यमका अनुसार, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमबार कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रमा लागू जलवायु प्रदूषणसम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ ।

यस परिवर्तनले पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा ल्याएका नियमलाई उल्ट्याउनेछ । ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत् केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो ।

ब्लुमबर्ग न्युज र न्युयोर्क टाइम्सले यस विषयमा जानकारी राख्ने व्यक्तिलाई उद्धृत गर्दै आइतबार जनाएअनुसार, वातावरण संरक्षण एजेन्सी (इपिए) का प्रशासक ली जेल्डिनले ह्युस्टनमा हुने जी-२० ऊर्जामन्त्रीहरूको बैठकमा उक्त परिवर्तनको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार, प्रस्तावित नयाँ नियमअन्तर्गत विद्युत् केन्द्रहरू मर्करी, आर्सनिकलगायत अन्य प्रदूषकमाथि लागू केही सीमाको दायरा भने कायम रहनेछ । कोइला सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने जीवाश्म इन्धनमध्ये एक हो र यसले जलवायु परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।

ट्रम्पले मानिसका कारण हुने जलवायु परिवर्तनलाई पटक–पटक धोखा भन्दै आउनुभएको छ । गत वर्ष पुनः राष्ट्रपतिको पद सम्हालेयता उहाँले धेरै वातावरणीय नियम उल्ट्याउने प्रयास गर्नुभयो, जसमध्ये धेरैले जीवाश्म इन्धनको प्रयोग र उत्सर्जन सीमित गर्ने व्यवस्था गरेका थिए ।

यसै वर्ष इपिएले सन् २००९ को आफ्नो ‘एन्डेन्जरमेन्ट फाइन्डिङ’समेत खारेज गरेको थियो । उक्त वैज्ञानिक निष्कर्षले हरितगृह ग्यास उत्सर्जनले जनस्वास्थ्य र जनकल्याणलाई खतरामा पार्ने ठहर गरेको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
२०८३ भाद्र २९, सोमबार