मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कटमा: राष्ट्रसङ्घ

हाल प्रत्येक महिना एल फासेरमा करिब ९ लाख ५० हजार मानिससम्म पुगेता पनि, सहायता अपर्याप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्युयोर्क, ३० भदौ (रासस/क्युएनए): संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ । राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट पीडित छन् भने एक करोड ४० लाख विस्थापित भएका छन् । कोषको अभावले संयुक्त राष्ट्र सहायता एजेन्सीहरूलाईसमेत निकट भविष्यमा आवाश्यक अपरेसनहरू सञ्चालनमा बाधा पुगेको छ ।

सुडानको आठ दिने भ्रमणको समापनमा, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का कार्यवाहक निर्देशक ए कार्ल स्काउले करिब पाँच लाख मानिसहरूले भोकमरीको आपतकालीन स्तरको सामना गरिरहेको बताउनुभएको छ । जसलाई एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) को चरण ४ अन्तर्गत वर्गीकृत गरिएको छ ।
उहाँले मानवतावादी कार्यकर्ताहरू प्रभावित समुदायहरूमा पुग्न असमर्थ भएकोसमेत बताउनुभयो ।

एक समय करिब १० लाख जनसङ्ख्या भएको र प्रमुख क्षेत्रीय राजधानीका रूपमा सेवा गरेको सहरले अनिकाल र अकल्पनिय अत्याचारसहित १८ महिनाको घेराबन्दीको सामना गरेको उल्लेख गर्दै उहाँले हालको अवस्था अत्यन्तै कठोर रहेको बताउनुभएको छ ।

वर्षादेखि आफ्नो परिवारलाई जोगाउन महिलाहरूले अनुरोध गरेको तिरपालसहित राम्रो आश्रयको प्रावधानका साथ केही अवस्था सुधार भएको उहाँले उल्लेख गर्नुभएको छ । डब्लुएफपीले पनि आफ्नो सञ्चालन विस्तार गरेको छ, हाल प्रत्येक महिना एल फासेरमा करिब ९ लाख ५० हजार मानिससम्म पुगेता पनि, सहायता अपर्याप्त भएको जनाइएको छ ।
राष्ट्रसङ्घका अधिकारीका अनुसार, परिवारहरूले आधा राशन मात्र पाउँछन् यसबाहेक, शिक्षा, स्वास्थ्य सेवा, आश्रय, र बच्चाहरूका लागि सुरक्षित खेल मैदानको गम्भीर अभावका बीचमा आफ्ना पति वा छोराहरू गुमाउने महिलाहरूले परिवारहरूको नेतृत्व गर्छन ।

खडेरीले जनसङ्ख्यामाथि दबाब बढाइरहेको कुरा औंल्याउँदै उहाँले कृषि र पशुधनमा यसको प्रभावबारे स्थानीय समुदायको डरलाई उजागर गर्नुभयो । जोखिमको बावजुद, डब्ल्यूएफपी प्रत्येक महिना ४ देखि ५ लाख मानिसहरू सामु पुग्ने प्रयास जारी राखेको स्काउले बताउनुभयो । अतिरिक्त स्रोतहरू सुरक्षित नगरे आगामी हप्ताहरूमा एजेन्सीले पर्याप्त मात्रामा सञ्चालन घटाउन बाध्य हुन सक्ने चेतावनी दिँदै उहाँले कार्यक्रमको सञ्चालनले अहिले सामना गरिरहेको सबैभन्दा ठुलो बाधा कोषको अभाव भएको कुरामा जोड दिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार