काठमाडौंः नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच बुधबार भेटवार्ता भएको छ ।
अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र महामारीपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोग लगायतका विषयमा छलफल भएको छ ।
भेटमा अर्थमन्त्री पौडेलले नेपाल-अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।
राजदूत बेरीले अर्थमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्नुहुँदै अमेरिका सरकारले आउँदा दिनमा पनि नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया