असोज ३, २०८३ शनिबार September 19, 2026

पूर्वराष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको शुभकामना

विधानको मर्म र भावनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन सहज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता र समानताका मूल्यलाई आत्मसात् गरेको संविधानको मर्म र भावनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन सहज हुने बताउनुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय हितका विषयमा राजनीतिक दलबीच संवाद, समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले नयाँ पुस्ताका चाहना र आकाङ्क्षालाई प्राथमिकता दिँदै सबै उमेर समूहका नागरिकको अधिकार, सम्मान र सुरक्षालाई समान महत्वका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।

संविधान दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यको भावना बलियो बनाउँदै शान्त, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने उहाँले कामना गर्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधान जारी गर्दा खुसीभन्दा मधेसमा गोली चलेको पीडाले बढी दुःखी थिएँ’ : पूर्वराष्ट्रपति रामबरण यादव
२०८३ असोज ३, शनिबार
जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड
२०८३ असोज ३, शनिबार
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज ३, शनिबार
संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश : मुख्यमन्त्री पाण्डे
२०८३ असोज ३, शनिबार
एमाले केन्द्रीय कमिटी बैठकअघि पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्ने
२०८३ असोज ३, शनिबार
नेपालको संविधान-शान्ति र सहकार्यको साझा दस्तावेज : एकराज पाठक
२०८३ असोज ३, शनिबार
ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा
२०८३ असोज ३, शनिबार