मंग्सिर २, २०८३ बुधबार November 18, 2026

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

करिब ५० हजार स्वास्थ्यकर्मी 'एर्भेबो' नामक खोप सहित अग्रपंक्तिमा खटिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ५ असाेज । डेमोक्रेटिक रिपब्लिक अफ कंगो (DRC) को इतुरी प्रान्तको राजधानी बुनियामा शनिबारदेखि इबोला भाइरसविरुद्धको नयाँ खोप अभियान सुरु गरिएको छ।

प्रकोपको केन्द्रविन्दु मानिएको इतुरी तथा संक्रमण तीव्र गतिमा फैलिरहेको नर्थ किभु क्षेत्रका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो।

विश्व स्वास्थ्य संगठन र ‘डाक्टर्स विदाउट बोर्डर्स’ को सहयोगमा सञ्चालित यस अभियानअन्तर्गत करिब ५० हजार स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिने कर्मचारीहरूलाई ‘एर्भेबो’ नामक खोप दिइनेछ। यो खोप सुरुमा ‘जाइर’ स्ट्रेनविरुद्ध प्रयोगका लागि विकास गरिएको भए पनि हाल फैलिएको ‘बुन्डिबुग्यो’ स्ट्रेनविरुद्ध यसले केही हदसम्म सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।

खोपको प्रभावकारिता बुझ्न २० हजार व्यक्तिहरूमा एक वर्षसम्म निगरानी गरिने स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

इतुरीका प्रान्तीय गभर्नर मेजर-जनरल गाबी कासोन्गो मुलुम्बाका अनुसार स्वास्थ्यकर्मीहरू उच्च जोखिममा रहेकाले यो कदम चालिएको हो। हालको स्ट्रेनका लागि स्वीकृत खोप वा प्रमाणित उपचार उपलब्ध नभएकाले यो खोप कत्तिको प्रभावकारी हुन्छ भन्नेबारे थप अध्ययन भइरहेको छ।

स्थानीय अधिकारीहरूको पछिल्लो तथ्याङ्क अनुसार मे महिनायता कंगोमा इबोलाका कारण कम्तीमा ३,६३९ जनाको मृत्यु भइसकेको छ भने ७,५४१ भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार