कार्तिक २३, २०८३ सोमबार November 9, 2026

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

संयुक्त राष्ट्र सङ्घले तय गरेको आधिकारिक नारा 'शान्तिमा लगानी गरौँ - सबैका लागि, सबै ठाउँमा, हरेक दिन'

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैं, ५ असाेज । विश्व शान्ति दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ मा संसारभर मनाइन्छ।  सन् २०२६ का लागि संयुक्त राष्ट्र सङ्घले तय गरेको आधिकारिक नारा ‘शान्तिमा लगानी गरौँ – सबैका लागि, सबै ठाउँमा, हरेक दिन’ रहेको छ।  यस नाराले शान्ति भन्ने कुरा भाषण वा राजनीतिक वार्तामा मात्र सीमित नभई नागरिकहरूले दैनिक जीवनमा गर्ने व्यवहार, आपसी संवाद, सद्भाव र सहकार्यबाट निर्माण हुन्छ भन्ने कुरामा जोड दिन्छ।

विश्व शान्ति दिवसकाे प्रमुख उद्देश्यमा अहिंसा र युद्धविराम रहेकाे छ। जसअनुसार विश्वभर चर्किएका सशस्त्र द्वन्द्वहरूलाई रोक्न २४ घण्टे विश्वव्यापी युद्धविरामको आह्वान गर्ने, दैनिक शान्तिदूतकाे रूपमा समाज, विद्यालय र समुदायमा भइरहेका साना तर प्रभावकारी शान्ति स्थापनाका प्रयासहरूलाई प्रवर्द्धन गर्ने र मानव अधिकार र न्यायका बारेमा पैरवी गर्ने, जसअनुसार मानव अधिकारको रक्षा गर्दै गरिबी, असमानता र विभेद अन्त्यका लागि सहकार्य बढाउने रहेकाे छ ।

संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् १९८१ मा शान्ति दिवस मनाउने निर्णय गरेको थियो, पहिलो पटक सन् १९८२ को सेप्टेम्बर तेस्रो मङ्गलबार पहिलो शान्ति दिवस मनाइएकाे थियो भने स्थायी रूपमा सन् २००१ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्षको सेप्टेम्बर २१ लाई स्थायी रूपमा विश्व शान्ति दिवस र अहिंसा/युद्धविराम दिवसका रूपमा मनाउने घोषणा गर्‍यो।

हरेक वर्ष न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा रहेको “जापानी शान्ति घण्टा” बजाएर यस दिवसको शुभारम्भ गरिन्छ। यो घण्टा विश्वका ६० भन्दा बढी देशका बालबालिकाले दान गरेका सिक्काहरू पगालेर बनाइएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार