असोज ७, २०८३ बुधबार September 23, 2026

चिनिया राष्ट्रपति सीको वासिङ्टन भ्रमण सुरु

बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत, सैन्य सम्मान र राजकीय रात्रिभोज आयोजना हुदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् । भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

सीलाई राष्ट्रपति ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी छ । बिहीबार ह्वाइट हाउसमा औपचारिक स्वागत, सैन्य सम्मान र राजकीय रात्रिभोज आयोजना हुने जनाइएको छ । अमेरिका–चीनबीच विभिन्न विषयमा मतभेद कायम रहे पनि भ्रमणलाई दुई देशबीच संवाद बढाउने प्रयासका रूपमा हेरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया