मंग्सिर २, २०८३ बुधबार November 18, 2026

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।

भेटका क्रममा नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति र विपद्पछि भइरहेको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासबारे पनि छलफल भएको थियो। मन्त्री खनालले बाढी तथा विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

मन्त्री खनालले नेपाललाई विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका क्रममा प्राप्त अन्तर्राष्ट्रिय सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहकार्य र सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

भेटवार्तामा नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।

दुवै पक्षले आपसी हितका विषयमा सहकार्यलाई निरन्तरता दिने तथा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार