असोज १२, २०८३ सोमबार September 28, 2026

पूर्वी कङ्गोको किभु तालमा डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

१० करोडभन्दा बढी जनसङ्ख्या भएको यस देशमा नदी र तालहरू यातायातका प्रमुख माध्यम भएपनि दुर्घटनाहरू पटक–पटक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुकाभु (कङ्गो) । पूर्वी कङ्गोको किभु तालमा व्यापारीहरू बोकेको डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन् ।

दुर्घटना स्थल नजिकै रहेको किशेके गाउँका प्रमुख फेलिक्स हाबिरागीका अनुसार शनिबार राति साउथ किभु प्रान्तस्थित इड्ज्वी टापु नजिक डुङ्गा दुर्घटनामा परेको हो । डुङ्गामा ५० भन्दाबढी व्यक्ति सवार थिए ।

हाबिरागीले हालसम्म करिब १५ जनाको सकुशल उद्धार गरिएको जानकारी दिनुभएको छ । दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन ।

स्थानीय प्रशासक मुहिन्डो नताम्बुका पास्कलका अनुसार उक्त डुङ्गाले इड्ज्वी टापुको बुविनाबाट बोजातर्फ माछा व्यापारी तथा विभिन्न सामान ओसारपसार गरिरहेको थियो ।

कङ्गोमा डुङ्गा दुर्घटनाबाट हुने मानवीय क्षति बारम्बार हुने गरेको छ । १० करोडभन्दा बढी जनसङ्ख्या भएको यस देशमा नदी र तालहरू यातायातका प्रमुख माध्यम भएकाले यस्ता दुर्घटनाहरू पटक–पटक हुने गरेका छन् । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १२, सोमबार
आज सोमबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १२, सोमबार
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार